Home समाचार गण्डकी, लुम्बिनीलगायतका केही स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनीलगायतका केही स्थानमा भारी वर्षाको सम्भावना

by ईलालटिन
0 comment

काठमाडौं ।  हाल मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर बदली रहेको छ ।महाशाखाका अनुसार बुधबार दिनभर सामान्यदेखि पूर्ण बदली रहने छ भने केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी राति  पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com