Home समाचार काठमाडौँ महानगरमा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौँ महानगरमा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो । समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिश गर्नेछ ।

कापमले तर्जुमा गर्ने महामारी नियन्त्रण कार्यक्रममा डा गणेश गुरुङ, डा अर्जुन कार्की, डा अनुप सुवेदी र डा शरद् वन्तलाई स्वास्थ्यविज्ञका रूपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । त्यस क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डङ्गोल, दीपेन्द्र लामा र दीपक केसीले महामारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको धारणा राखेका थिए ।बैठकले  ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७८’ र ‘छात्रवृत्ति कार्यविधि–२०७८’ तर्जुमा गर्न सहमति दिएको छ । यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com