Home समाचार प्रहरी प्रधान कार्यालयका ४५ सहित देशभर ९३ जना प्रहरीमा कोरोना

प्रहरी प्रधान कार्यालयका ४५ सहित देशभर ९३ जना प्रहरीमा कोरोना

by ईलालटिन
0 comment

काठमाडौं । नेपालभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए। सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरू संक्रमित भइसकेको उनले बताए। ‘हाम्रोमा संक्रमित संख्या शून्य भइसकेको थियो। अहिले फेरि देखिन थालेको हो,’ एसएसपी कुँवरले भने,’ अहिले उनीहरूको उपचार हुने काम भइरहेको छ।’महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको रानिपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले बताए। हाम्रो मातहतका कार्यालयमा कार्यरत प्रहरी, ट्राफिक प्रहरीमा संक्रमण देखिएको छ। कहीँ एक जना कहीँ दुई जनामा संक्रमण देखिएको छ,’ राठौरले भने। कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ।   पछिल्लो केही समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com