Home समाचार काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका काम बन्द

काठमाडौं उपत्यकाका प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका काम बन्द

by ईलालटिन
0 comment

काठमाडौं ।  काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । कोरोना संक्रमणको दर बढेकाले भीडभाड नियन्त्रण गर्न ललितपुर र भक्तपुर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com