Home समाचार पत्रकार महासंघ ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने

पत्रकार महासंघ ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने

by ईलालटिन
0 comment

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।  शनिबार पदबहाली गरेपछि बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको हो ।   त्यसका लागि विज्ञ टोली, महासंघका सल्लाहकार, तीनवटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसँग सुझाव र सल्लाह लिएर कार्ययोजना बनाइने अध्यक्ष सागर न्यौपानेले जानकारी दिए । ‘ललितपुर पत्रकार महासंघ शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ । विज्ञ, जनप्रतिनिधि, सांसद र अनुभवी पत्रकारको सहयोग लिएर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरि सोहि आधारमा काम गरिनेछ’ न्यौपानेले भने । महासंघले जिल्लामा रहेका महिला पत्रकार र सञ्चारमाध्यममा महिलाको स्थिति समेत अध्ययन गर्ने निर्णय गरेको छ भने कोरोनाका कारण जिल्लाका सञ्चार गृहमा कार्यरत पत्रकारले भोगेका समस्या  र मिडियाको अवस्था बारेको अध्ययन गरेर प्रतिवेदन बनाउने भएको छ । त्यसका लागि सचिव रामहरी कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको छ । सो प्रतिवेदनलाई पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र सूचना विभागमा अध्ययन गर्न पठाइने न्यौपानेले बताए ।

यस्तै महासंघले जिल्लामा रहेका सबै सदस्यको डिजिटल प्रोफाइल बनाउने भएको छ । जिल्लामा ४ सय ५४ सदस्य रहेका छन् । सदस्य कार्यरत मिडियासहितको  डिजिटल प्रोफाइल बनाउन लागिएको हो ।  पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौता विहिन संघर्ष गर्ने बताए ।अहिले ल्याइएका कतिपय विधेयक नेपालको संविधान विरुद्धमा रहेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए । कोरोनाको कारण देखाउँदै मिडियामा कार्यरत पत्रकार निकाल्ने काम भए महासंघ चुप नबस्ने उनको भनाइ छ । महासंघलाई एकेडेमिक रुपमा अगाडि बढाइने पोखरेलले बताए । महासंघले जिल्लाबाट ४ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरेका प्रभुनारायण बस्नेत, डा. अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी, माधव नेपाललाई सम्मान गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com