मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्ध रहेका छन् । उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले रातोपाटीलाई बताए । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको चौलागाईंले बताए ।पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम उच्च देखिएको छ । मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम तिव्र रहेको छ । गत २ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । रातोपाटी ।
हेटौंडामा कोरोना संक्रमित एक वृद्धको मृत्यु
110
previous post