Home समाचार बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले  आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले गण्डकी प्रदेश र प्रदेश २  बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु राखेको थियो । तीव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३) र प्रदेश २ को बारा (२०७८ जेठ १ र २०) लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएको अध्यक्ष जीतजंग बस्नेतद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि दलको केन्द्रीय समितिले पुनः नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट आफू पनि बाच्न र अरुलाई पनि बचाउन आग्रह गरे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com