गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो गीत तयार भएको छ । गीतको भिडियोलाई निर्देशक विकास सुवेदीले अडियो अनुसार नै उतारेका छन् ।
भिडियोमा मोडल सुधिर श्रेष्ठ र अनिषा पोखरेलको अभिनय हेर्न सकिन्छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा यूवराज न्यौपानेको छायांकन छ ।
विमल सुवेदीको लगानीमा बनेको भिडियोमा आशिष नेपालको सह–निर्देशन छ ।

https://youtu.be/D4zp1v03plQ