काठमाडौं । भारतमा कोरोना सङ्क्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३३ नयाँ सङ्क्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ । शनिबार जुन राज्यमा सबैभन्दा बढी सङ्क्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् । सक्रिय सङ्क्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । पछिल्ला दिनमा यसमा १.२० लाखको वृद्धि भएको छ । हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ ।
भारतमा एकैदिन सर्वाधिक २ लाख ६० हजार सङ्क्रमित भेटिएः १४ सय ९२ को मृत्यु
78