Home समाचार काठमाडौं र ललितपुरका नेपाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज

काठमाडौं र ललितपुरका नेपाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ ।​ बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको  सपथ  ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण पनि आजै राखिएको उनले बताइन् । शाक्यका अनुसार ललितपुरको महालक्ष्मीमा दिउँसो शपथ ग्रहण कार्यक्रमसँग बैठक पनि हुने छ । दुबै जिल्ला कमिटीका पदाधिकारीलाई प्रदेश इन्चार्ज शाक्यले शपथ गराउने छिन् । एमालेमा यतिबेला समानान्तर अभ्यास अगाडि बढेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी लिएको निर्णयलाई अस्वीकार गर्दै नेपाल–खनाल पक्षले केन्द्रीय नेतृत्वबाहेक सबै तहमा समानान्तर कमिटी विस्तार गरेको छ । नेपाल पक्षले ६० बढी जिल्लामा समानान्तर कमिटी बनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com