Home पत्रपत्रिका निरन्तर नाफामा जान थाल्यो विद्युत् प्राधिकरण

निरन्तर नाफामा जान थाल्यो विद्युत् प्राधिकरण

by ईलालटिन
0 comment

ुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ
चार वर्षअघिसम्म ४३ अर्ब ६१ करोड सञ्चिति घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा गएको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरण आर्थिक वर्ष ०७६/७७ देखि ४ अर्ब ८७ करोड सञ्चिति नाफामा गएको हो ।

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड सञ्चिति घाटामा थियो । सरकारले ०६७/६८ सम्म रहेको प्राधिकरणको करिब २७ अर्ब रुपैयाँ सञ्चिति घाटा अपलेखन गरिदिएको भए पनि त्यसपछिको ५ वर्षमा प्राधिकरणको सञ्चिति घाटा ३४ अर्ब नाघेको थियो । आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ ।

आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ४७ करोड मुनाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८५ करोड मुनाफा कमाएको थियो । आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणको मुनाफा ९ अर्ब ८१ करोड थियो भने गत वर्ष प्राधिकरणले ११ अर्ब ६ करोड मुनाफा गरेको हो । पछिल्ला दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ ।

वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा रहेको चुहावट १५ दशमलव २७ प्रतिशतमा झरेको जानकारी दिए । उनका अनुसार चार वर्षअघि प्रणालीमा रहेको चुहावट करिब २६ प्रतिशत थियो । चार वर्षमा करिब ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रूपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको चुहावटलाई १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य रहेको उनले बताए ।

भारतबाट आयात हुने विद्युत् चालू आर्थिक वर्षदेखि ५ देखि १० प्रतिशतमा झर्ने घिसिङको दाबी छ । उनका अनुसार गत वर्ष नेपालभित्र कुल खपत भएको विद्युत्मध्ये भारतबाट आयातित विद्युत्को हिस्सा २२ दशमलव ३४ प्रतिशत छ । चार वर्षमा विद्युत् खपत पनि दोब्बर भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

आर्थिक वर्ष ०७२/७३ मा कुल विद्युत् खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट रहेको प्राधिकरणको तथ्यांक छ । गत वर्ष ७ अर्ब ७४ करोड युनिट ऊर्जा खपत भएको थियो । आगामी आर्थिक वर्षदेखि मुलुक विद्युत्मा पूर्णरूपमा आत्मनिर्भर हुने र निर्यात सुरु हुने उनले बताए ।

गत वर्ष भारततर्फ १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको उनले जानकारी दिए । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणले गर्व गर्नलायक सफलता हासिल गरेको भन्दै सफलतासँगै चुनौती थपिएको धारणा राखे ।

बाँकी १० प्रतिशत जनसंख्यामा विद्युतीकरण गर्न, विद्युत्मा आत्मनिर्भर बन्न, आगामी दिनमा उत्पादन हुने विद्युत् खपत गर्न र बाह्य बजारमा बिक्री गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । प्रसारण लाइन समयमै नबन्दा कतिपय प्रवर्द्धकले विद्युत् खेर गएको गुनासो गरेकाले प्रसारण लाइन निर्माणको लक्ष्य हासिल गर्नुपर्ने उनले बताए ।

सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६ सय मेगावाटको दूधकोसी जलविद्युत् आयोजना अगाडि बढाएको उनले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

लोकान्तरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com