Home समाचार पार्किङको विवादमा एमाले सांसद बस्ने घरमा ढुंगा प्रहार

पार्किङको विवादमा एमाले सांसद बस्ने घरमा ढुंगा प्रहार

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंको शान्तिनगर स्थित एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो । बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । ‘दुवै पक्षलाई बोलाएर छलफल गराउँदै छौं’ डिएसपी बस्नेतले भने– ‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन् ।’ ढुंगा प्रहारबाट घरमा क्षति पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com