Home समाचार म्यानमारमा सैनिकको दमनमा ८० जना थप मारिएपछि प्रदर्शनकारीले भने, ‘यो नरसंहार हो, उनीहरुले सबैलाई गोली हानिरहेछन्’

म्यानमारमा सैनिकको दमनमा ८० जना थप मारिएपछि प्रदर्शनकारीले भने, ‘यो नरसंहार हो, उनीहरुले सबैलाई गोली हानिरहेछन्’

by ईलालटिन
0 comment

काठमाडौं ।’  म्यानमारमा सुरक्षाबलले शुक्रबार यंगून शहर नजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाए जसका कारण ८० भन्दा बढीको मृत्यु भएको छ । यो जानकारी म्यानमारको एक समाचार आउटलेट र ‘असिस्टेन्स असोसिएशन फर पोलिटिकल प्रिजनर्स’ (एएपीपी) नामको संस्थाले दिएको हो ।म्यानमारमा स्थानीय मिडिया रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार सुरुमा यंगूनको उत्तर–पूर्वस्थित बगो शहरमा सुरक्षाबलको हमलामा मारिएका मानिसहरुको संख्याको अन्दाज लगाउन सकिएको थिएन । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबलले शवलाई जेयार मुनी पगोडा (एक प्रकारको बौद्ध भवन) को परिसरमा एकमाथि अर्को गरी खप्टिएर राखेका थिए र इलाकालाई चारैतिरबाट घेरिएको थियो । स्थानीय समाचार एजेन्सी म्यानमार नाउ र एएपीपीले शनिबार सुरक्षाबलले सैन्य कूविरुद्ध प्रदर्शन गरिरहेका ८२ जनालाई गोली हानेको जानकारी दिएका छन् । म्यानमार नाउले भन्यो, ‘सेनाले शुक्रबार सबैभन्दा पहिला गोली चलाउन सुरु गरे र यो अपरान्हसम्म जारी रह्यो । एक प्रदर्शन आयोजक ये हुतुतले समाचार एजेन्सीसँगको कुराकानीमा ‘यो नरसंहार जस्तो हो । उनीहरुले सबैलाई गोली हानिरहेका छन् । यहाँसम्म कि उनीहरु छायाँमाथि पनि गोली हानिरहेका छन् ।’

म्यानमारमा सोसल मिडियामा बताइए अनुसार धेरैजसो मानिसहरु शहर छोडेर भागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यसबारे म्यानमारको सेना जुनटासँग सम्पर्क सम्पर्क स्थापित गर्न सकिएको छैन । एएपीपी सुरक्षाबलद्वारा पक्राउ परेका र मारिएकाहरुको दैनिक सूची तयार गरिँदै छ । संस्थाले फेब्रुअरीमा भएको सैन्य कूपछि सेनाले ६१८ जनाको ज्यान लिएको बताएको छ । यद्यपि, म्यानमारको सेनाले यति ठूलो संख्यामा प्रदर्शनकारी मारिएको दाबी अस्वीकार गरेको छ । सेनाका अनुसार उसले देशमा सैन्य कू यसकारण गरे किनभने नोभेम्बरमा आङ सान सूकीको पार्टीले चुनावमा हेरफेर गरेर जितेका थिए । म्यानमारको निर्वाचन आयोगले सेनाको यो दाबी अस्वीकार गरेको छ । म्यानमारको सेना जुनटाका प्रवक्ता मेजर जनरल जा मिन टुनले शुक्रबार एक पत्रकार सम्मेलनमा सेनाको हिसाबले २४८ नागरिक र १६ प्रहरी अधिकारीको मृत्यु भएको बताए । उनले  सुरक्षाबलले प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित हतियार प्रयोग नगरेको पनि स्पष्ट पारे । स्थानीय मिडिया अनुसार म्यानमारमा एथनिक आर्मीका एक समूहले जुनटाको विरोधमा शनिबार एक पुलिस स्टेशनमा हमला गरे जसमा १० प्रहरी मारिए ।

स्थानीय मिडिया अनुसार एथनिक आर्मी समूहले म्यानमारको पूर्वी प्रान्त शानमा रहेको एक पुलिस स्टेशनमा हमला गरे । शान न्यूजका अनुसार हमलामा १० प्रहरी अधिकारीको मृत्यु भयो । यस्तै श्यू फी म्याम न्यूजका अनुसार कूल १४ प्रहरी अधिकारी मारिएका छन् ।म्यानमारको सेनाले शुक्रबार मानिसहरुले शान्ति चाहेका कारण सैन्य शासनविरुद्ध मानिसहरुको प्रदर्शन फितलो हुँदै गइरहेको बताए । सैन्य अधिकारीले आफूहरुले दुई वर्षभित्र चुनाव पनि गराउने बताएका छन् । यस्तै, सत्ताबाट हटाइएका म्यानमारका नेताले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सेनाविरुद्ध कारवाहीको अपिल गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com