Home समाचार मूर्ति चोरी गरेर फरार एक जना पक्राउ

मूर्ति चोरी गरेर फरार एक जना पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् । पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फरार रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । प्रहरीले उनको साथबाट चोरी भएका सबै मूर्तिहरु बरामद गरेको छ । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com