Home समाचार कोरोना संक्रमणको हटस्पट बन्यो भारत

कोरोना संक्रमणको हटस्पट बन्यो भारत

by ईलालटिन
0 comment

काठमाडौं ।  भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ । शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो । तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ । भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक दिनमा कोभिड–१९ का ९० हजारभन्दा बढी मामिला सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए ।

धेरै संक्रमित सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । तर अब एकपटक पुनः कोरोनाका संक्रमित त्यसै गतीमा बढिरहेको छ । हरेक दिन कोभिडका कारण भइरहेको मृत्युको आँकडा पनि नोभेम्बर–डिसेम्बर सन् २०२० को स्तरमा पुगिसकेको छ, जब देशमा दैनिक ५ सय भन्दा यो महामारीका कारण मारिएका थिए । भारतमा हालसम्म एक लाख ५४ हजार ११० मानिसहरुको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । कोरोना संक्रमणको कूल मामिलाको हिसाबले भारत संसारकै तेस्रो स्थानमा छ । जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार भारत र ब्राजिलबीच अब धेरै अन्तर छैन । यस्तै अमेरिका सर्वाधिक संक्रमित (तीन करोड ६ लाख) सहित पहिलो स्थानमा छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com