काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीबाट खानेपानी ल्याएर काठमाडौंबासीको धारामा खसाल्ने करिब ३० वर्षको सपना अहिले साकार भएको छ । वर्तमान सरकारले यो कार्यको जस लिने प्रयास एकातर्फ गरिरहेको छ भने अर्कोतिर विपक्षी दल नेपलाी कांग्रेसले पनि यसको जस आफूले लिने प्रयास गरिरहेको छ ।आज शुक्रबार भृकुटीमण्डपबाट राष्ट्रपतिले मेलम्ची आयोजनाको पानी वितरण औपचारिकरुपमा उदघाटन गर्नेकार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत उपस्थित हुँदैछन् । तथापि भृकुटीमण्डमा आयोजना गरिएको पानी वितरण समारोहमा खानेपानी मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्रीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएर कांग्रेसको भूमिकालाई पनि आत्मसाथ गर्न खोजेको देखिएको छ । उता पानी वितरणको औपचारिक उदघाटन नै हुन नपाउँदै नेपाली कांग्रेसका १० नम्बर वडा अध्यक्ष रामकुमार केसीले नयाँ बानेश्वरस्थित आकाशे पुलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तस्वीर राखेर यो आयोजना कांग्रेस नेताको सपना रहेको बताउन भ्याइसकेका छन् ।
मेलम्चीमा जस लिने होडबाजी, बानेश्वरमा टाँगियो सन्त नेताको ब्यानर
119
previous post