Home समाचार भक्तपुरमा ग्याँस सिलिण्डर पड्कँदा ६ जना घाइते

भक्तपुरमा ग्याँस सिलिण्डर पड्कँदा ६ जना घाइते

by ईलालटिन
0 comment

काठमाडौं । भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्।सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ।घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक-५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्। उनीहरूलाई सबैलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com