Home समाचार कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी

by ईलालटिन
0 comment

काठमाडौं ।   नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो।जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ‘उहाँको अवस्था गम्भीर छ,’ अस्पतालका कम्युनिकेसन तथा पिआर प्रमुख सोमनाथ बाँस्तोलाले सेतोपाटीसँग भने, ‘भेन्टिलेटरमा राखेर उपचार जारी छ।’जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो।तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।‘आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना राखिएको थियो। अवस्था बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेका छौं। हाल भेन्टिलेटरमै उहाँको उपचार जारी छ,’ बाँस्तोलाले बुधबार बिहान विज्ञप्ति निकालेर भनेका छन्।डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com