काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ । पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो । अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।
काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो
152
previous post