हुम्ला । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत ब नाएका छन् ।तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाहीले बताए । उनले भने, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”
हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी
110