Home समाचार सेना–प्रहरीको श्रीमती संघहरु खारेज गर्न माग

सेना–प्रहरीको श्रीमती संघहरु खारेज गर्न माग

by ईलालटिन
0 comment

काठमाडौं  ।  काठमाडौं फागुन २४–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले सुरक्षा निकायमा रहेको श्रीमती संघ दासीहरुको संगठन रहेको आरोप लगाएकी छिन् ।अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेतृ भुसालले निजामती कर्मचारीतर्फ मुख्यसचिव, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आइजीपी बन्ने हैसियत भएका महिलाले दासी बनाउनका लागि श्रीमती संघ खोलेको बताइन् । उनले यस्ता संघसंस्थाबाट महिलाको अधिकार प्राप्त नहुने जिकिर गरिन् । श्रीमती संघहरुले महारानीको खोल ओढेर दासी बनाउने संस्कार सुरु गरेको भन्दै उनले त्यसको अन्त्य हुनुपर्ने बताइन् ।उनले प्रधानमन्त्रीको श्रीमतीलाई प्रथम महिला (फस्र्ट लेडी) भन्नु पनि गणतन्त्रको उपहास रहेको बताइन् । उनले भनिन्,  देशको प्रमुख अहिले विद्यादेवी भण्डारी हुन्, उनी प्रथम महिला (फस्र्ट लेडी) हुन् तर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नी श्रीमतीलाई प्रथम महिलाको रुपमा उभ्याउने गरेका छन् ।

नेतृ भुसालले यस्तो कार्य राजा महाराजाको पालमा हुने गरेको र अहिले गणतन्त्रमा आएर पनि त्यस्तै गरिरहेको बताइन् ।  विभिन्न आन्दोलनबाट प्राप्त महिलाको अधिकारलाई सुनिश्चित गर्न माग गर्दै उनले कम्तीमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिइन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समावेशीको सुनिश्चितता भएको तर त्यो कार्यान्वयन नभएको उनले बताइन् । राष्ट्रप्रमुखदेखि न्यायपालिकासम्म महिला प्रमुख भएका छन् तर अन्य क्षेत्रमा त्यो अनुसार नभइरहेको उनले दाबी गरिन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com