330
पर्वत । सदरमुकाम कुश्माका सर्जक सुदिन गुरुङले “आकासैको जुन र तारा” बोलको गीत बजारमा ल्याएका छन् । सोमबार हाइलाईटस नेपालबाट उक्त गीतको प्रिमियर गरेका हुन् ।
स्वर, शब्द तथा संगीत स्वयं गुरुङकै रहेको गीतमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र उर्मीला गुरुङले अभिनय गरेका छन् । दर्शकहरुले गीतलाई निकै रुचाएका छन् ।
दिपेश गुरुङको क्यामरा, छवि राना मगरको सम्पादन रहेको भिडियोमा आश गुरुङले निर्देशन गरेका छन् ।
