Home समाचार भागरथीलाई न्याय माग्दै नेविसंघद्वारा प्रदर्शन

भागरथीलाई न्याय माग्दै नेविसंघद्वारा प्रदर्शन

by ईलालटिन
0 comment

काठमाडौं ।  बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौँको ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसका  नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए। नेपालटार  क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक  पुगेर कोण सभा गरेका थिए।कोणसभामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य शुशील भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलवल,जीवन राना ,किरण भट्टराई ,सुवास घिमिरे ,प्रवीन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज लगायतले बलात्कारीलाई कानुनी कारबाही गर्न माग गरेका थिए । उनीहरुले  करिब एक घन्टा चक्काजामसमेत गराए।बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने भट्टले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com