Home समाचार प्रचण्ड-नेपाल समूहको आमसभाले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

प्रचण्ड-नेपाल समूहको आमसभाले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

by ईलालटिन
0 comment

काठमाडौं  । कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपालको प्रदर्शनका कारण कार्यालय समयदेखि नै ट्राफिक व्यवस्थापन असहज बनेको छ। प्रचण्ड-नेपाल समूहले आज बिहान ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन्। र, सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ।ती सबै स्थानका जुलुसहरूलाई केन्द्रीय नेताहरूले नेतृत्व गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले राजधानीमा गर्न लागेको विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित भएको हो। पाँच वटा जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा निस्किँदैछन्। त्यसपछि १२ बजे सुन्धाराबाट मुख्य जुलुस निस्किने नेकपाले सार्वजनिक गरिसकेको छ। जुलुस निस्किन लागेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ। साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। ‘साना र ठूला सवारीलाई भिन्नभिन्न तरिकाले डाइभर्ट गरिएको छ,’ अधिकारीले भने।

भृकुटीमण्डपमा सभा हुने भएकाले त्यस आसपासको क्षेत्र प्रभावित बनिसकेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ। सोही आन्दोलन अन्तर्गत बुधबार भृकुटीमण्डपमा अर्को आमसभा हुन लागेको हो।पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्।त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।माइतीघरमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले नेतृत्व गरेको जुलुस निस्किँदैछ।केशरमहलमा देव गुरुङ, भीम रावल, शक्ति बस्नेत र जमलबाट लीलामणि पोखरेलको नेतृत्वमा केन्द्रीय सदस्य र पेशागत संगठनहरूको जुलुस निस्किँदैछ।यी सबैको मुल जुलुस १२ बजे सुन्धाराबाट निस्किन्छ। सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पद्मोदय मोडल हुँदै सो जुलुस भृकुटीमण्डपमा जाँदैछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com