काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिष्ट्रार) प्राडा. पेशल दाहालले जानकारी दिए । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थिति गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए। कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् ।