Home समाचार विप्लवको हड्तालले ५ जिल्लाका शिक्षण संस्था बन्द

विप्लवको हड्तालले ५ जिल्लाका शिक्षण संस्था बन्द

by ईलालटिन
0 comment

दाङ ।  सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीको शैक्षिक हड्तालले सोमबार दाङसहित पाँच जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन बन्द भएको छ। रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको छ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे जानकारी दिएका थिए।केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।पक्राउ परेका सबैविरूद्ध झुठा मुद्दा लगाई हिरासतमा राखेर यातना दिने कार्य भइरहेको भन्दै त्यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।उनले पक्राउ गरिएका सबैलाई बिना सर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्। केसीले विज्ञप्तिमार्फत निर्मला पन्तका हत्यामा संलग्नको पहिचान र कारबाहीका साथै बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई पहिचान गरी कारबाही गर्न पनि माग गरेका छन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com