Home समाचार प्रधानमन्त्री ओलीको कदमविरुद्ध मधेसमा अभियान

प्रधानमन्त्री ओलीको कदमविरुद्ध मधेसमा अभियान

by ईलालटिन
0 comment

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा मधेशी नागरिक समाजले अभियान सञ्चालन गरेको छ । झापाको भद्रपुरबाट शुरु भएको अभियान वीरगञ्जमा गएर टुगिंने कार्यक्रमको संयोजन गरिरहेका लेखक एवं राजनीतिकर्मी रामरिझन यादवले बताए । हिजोबाट शुरु भएको कार्यक्रम १५ दिनसम्म चल्नेछ । हुलाकी राजमार्गमा सो अभियान सञ्चालन हुने बताइएको छ । झापदेखि वीरगञ्जसम्म ३५ वटा कार्यकक्रम तय भएको छ । त्यसमध्ये चारवटा कार्यक्रम मात्र महेन्द्र राजमार्गमा हुने उनले बताए । सबै कार्यक्रमको मुख्य वक्ता नागरिक अगुवा कृष्ण पहाडी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरी संघीयता र लोकतान्त्रलाई धरापमा पारेको र त्यसका लागि तराई मधेशको दक्षिणीबेल्टमा जागरण फैलाउन यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर जनतामा अनेक भ्रम छर्ने काम गरिरहेको र ओलीले परिवर्तनलाई पनि समाप्त गर्ने प्रयास गरेको कारण यो अभियान सञ्चालन गरेको उनले बताए । ठाउँ ठाउँमा हुने अन्तरक्रिया कार्यक्रम तथा गोष्ठीमा त्यहाँका नागरिक समाज, वुद्धिजिवी, पत्रकार, राजनीतिक दलका नेताहरुलाई समेत आमन्त्रित गर्ने योजना रहेको उनले बताए । वीरगञ्जसम्मको कार्यक्रम सफल भएपछि पश्चिम तराईको कार्यक्रमको तयारी गर्ने उनले बताए । रातोपाटी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com