Home समाचार बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाए

बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाए

by ईलालटिन
0 comment

बाग्लुङ ।  गलकोट– बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ । बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । जिल्लामा दुई स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो । धवलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो । बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका लक्ष्य गरी खोप केन्द्र सञ्चालन गरिएको खत्रीको भनाइ छ ।पहिलो चरणमा एक हजार ७१४ लाई खोप लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदीबन्दीलाई समेत खोप लगाउँदा सङ्ख्या बढी भएको खत्रीले जानकारी गराए । मानव सेवा आश्रमका ३१ लाई र जिल्ला कारागार कार्यालयमा रहेका १२५ जनालाई खोप लगाइएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ३७३ र धवलागिरि अस्पताल केन्द्रमा  एक हजार २०० लाई खोप लगाइएको थियो । अझै २३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिए । अब केही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com