Home समाचार गण्डकी प्रदेशमा वर्षासँगै हिमपात

गण्डकी प्रदेशमा वर्षासँगै हिमपात

by ईलालटिन
0 comment

कास्की । गण्डकी प्रदेशमा शुक्रबार वर्षा भएको छ । वर्षायाम सकिएको लामो समयपछि शुक्रबार विहानैदेखि पोखरा र प्रदेशका विभिन्न जिल्लाहरुमा हल्का वर्षा भइरहेको हो । कास्की नेपालकै सबैभन्दा धेरै पानी पर्ने जिल्ला भएपनि लामोसमयदेखि वर्षा नहुँदा पोखराको आकाश नखुलेका कारण चिसो बढेको थियो ।पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण वर्षा भएपछि कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाइक्याम्प, लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपात भएको छ ।त्यसैगरी पर्यटकीय स्थलहरु घान्द्रुक, घोरेपानी र पुनहिल लगायतका स्थानमा समेत बाक्लो हिमापात भएको स्थानीय ब्यवसायीहरुले जानकारी दिएका छन् ।पदमार्गमा पर्ने पुनहिल, घोडेपानी, उल्लेरी लगायतका स्थानहरुमा बाक्लो हिउँपात भएको स्थानीय व्यवसायी कमल पौडेलले बताए । उनका अनुसार शुक्रबार बिहानैबाट बर्षासँगै हिमपात भएको हो ।वर्षाको कारण पोखरामा पनि वर्षासँगै अत्याधिक चिसो बढेको छ ।गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी लगायतका स्थानमा पनि बिहानैदेखि हिउँ परेको बताइएको छ । वर्षा र हिउँ परेपछि बालीनाली सप्रने र मौसममा समेत सुधार आउने स्थानीयको बताउँछन् ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com