Home समाचार विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

by ईलालटिन
0 comment

काठमाडौं ।  विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ। अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए।पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए। उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ।डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए। उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए। सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए। विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com