Home समाचार नख्खु जेल पुगेर खानेपानी मन्त्री मणि थापाले भेटे विप्लव नेता

नख्खु जेल पुगेर खानेपानी मन्त्री मणि थापाले भेटे विप्लव नेता

by ईलालटिन
0 comment

काठमाडौं ।  खानेपानी मन्त्री मणि थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लव समूहका नेतालाई भेटेका छन्। मंगलबार बिहान १० बजे जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले भेटेको जेलर मोहन अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्री थापा केहीदिन अघिदेखि नै आउने कार्यक्रम थियो। कारागारमा भएको खानेपानीको समस्यालाई बुझ्नका लागि आउँदा उनलाई पनि भेटेको जेलर अधिकारीले बताए।’कारागारमा भएका खानेपानी, सरसफाइ तथा ढल निकासका समस्याहरूलाई बुझ्न आउनु भएको हो। मैले पनि उहाँलाई अनुरोध गरेको थिएँ। त्यसपछि आज उहाँ आउनुभो,’जेलर अधिकारीले भने,’डिप बोरिङ रिजर्भ ट्याङ्क राख्नका लागि उहाँले भित्र गएर निरीक्षण पनि गर्नुभयो। भित्र कैदीबन्दीहरूको अवस्था हेर्न जानू भएको थियो जाने क्रममा उहाँसँग पनि सामान्य भेटघाट भयो।’ विप्लव नेता ओली दुई वर्षदेखि नख्खु जेलमा छन्। मन्त्री थापाले उनलाई भेट्ने क्रममा अरू कैदीबन्दीहरूसँग पनि समस्याका बारेमा सोधेको जेलर अधिकारीले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com