Home कला पर्वतका रबिन्द्र लम्सालको ‘आमा’ बोलको गीत बजारमा

पर्वतका रबिन्द्र लम्सालको ‘आमा’ बोलको गीत बजारमा

by ईलालटिन
0 comment

पर्वत । क्यानाडाको टोरोन्टोमा बस्ने पर्वतका रबिन्द्र लम्सालले ‘आमा’ बोलको गीत बजारमा ल्याएका छन् । अहिलेका चर्चित गायक तथा सर्जक प्रकाश सपुतले उक्त म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

गीतमा सिडी विजय अधिकारीको स्वर र संगीत रहेको छ। भने लम्साल स्वयंले गीतको शब्द लेखेका हुन। गीतमा किरण कंडेलले बाजागाजाको संयोजन गरेका छन।

विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको नवराज उप्रेतीलेले छायांकल गरेका हुन। सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्।

प्रकाश सपुतसँगै हिउवाला गौतमको आभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।

भुषाल वाल्यकालको छोराको भूमिकामा आरुष भुषाललाई देख्न सकिन्छ।

आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दुस्ख र संघर्षलाई समेत देखाइएको छ।

उक्त गीत रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com