Home समाचार भारतमा किसान र प्रहरीबीच हिंस्रक झडप, ८३ प्रहरी घाइते

भारतमा किसान र प्रहरीबीच हिंस्रक झडप, ८३ प्रहरी घाइते

by ईलालटिन
0 comment

काठमाडौं  ।  भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइते भए प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ । दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे  किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए । यस्तै, परेड समाप्त भइसकेपछि पनि केही किसान ट्रयाक्टरमा सवार भएर दिल्लीको लाल किलातर्फ जाँदै गरेको देखिएको बीबीसी हिन्दीले बताएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com