बुटवल । भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लुम्बिनी प्रदेशमा आज आइपुग्ने भएको छ। भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लुम्बिनी प्रदेशमा आज आइपुग्ने भएको छ। उक्त खोप पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्नेहरूका लागि लगाइने तयारी गरिएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शववाहनकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाइने जानकारी दिए।लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जना फ्रन्टलाइनर रहेको र उनीहरू सबैलाई पुग्ने गरी खोप आउन लागेको डा. पौडेलले बताए।आज आइपुग्ने खोप १४ गतेदेखि १८ गतेसम्म सबैलाई लगाइने छ। तर खोप लगाउन नचाहनेहरूलाई दबाव भने नदिइने पौडेलले बताए।लुम्बिनी प्रदेश कोरोना संक्रमणको धेरै प्रभावित प्रदेशमध्ये रहेको छ। संघीय सरकारको निर्देशन अनुसारको मापदण्डकै आधारमा खोप लगाइने प्रवक्ता पौडेलले बताए।
सोही विषयमा सामाजिक विकास मन्त्रालयले खोपको संवेदनशीलता र मापदण्डबारे छलफल गरिएको छ।लुम्बिनी प्रदेशमा हालसम्म २६ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भए पनि २६ हजार ५९ जना निको भइसकेका छन्।लुम्बिनी प्रदेशमा ३ सय ८२ जना संक्रमितको मृत्यु भएको र ५ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल २५ जना संक्रमितको विभिन्न कोरोना विशेष अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।उक्त खोप पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्नेहरूका लागि लगाइने तयारी गरिएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शववाहनकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाइने जानकारी दिए।लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जना फ्रन्टलाइनर रहेको र उनीहरू सबैलाई पुग्ने गरी खोप आउन लागेको डा. पौडेलले बताए।