Home समाचार बाँचेन जलिरहेको टायर शरिरमा फालिएको हात्ती, दुई पक्राउ

बाँचेन जलिरहेको टायर शरिरमा फालिएको हात्ती, दुई पक्राउ

by ईलालटिन
0 comment

नयाँदिल्ली  ।  भारतमा जलिरहेको टायरले आक्रमण गरिएको हात्तीको उपचारका क्रममा मृत्यु भएको छ।तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिनअघि भएको उक्त घटनामा दुई जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। घटनामा संलग्न थप एक जनाको खोजी जारी छ।उनीहरूले ४० वर्षको भाले हात्तीको शरीरमा जलिरहेको टायर फालेका थिए। टायरले हात्तीको कान र  पिठ्यूँ जलेको थियो।   सामाजिक सञ्जालमा जलिरहेको टायर हात्तीको शरिरमा फालिएको भिडिओ आएको थियो। टायरको आक्रमणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ।पक्राउ परेका दुई जना दाजुभाइ हुन्। उनीहरू मसिनागुडी होम स्टे चलाउँथे।होम स्टे नजिकै आएको हात्तीलाई उनीहरूले आक्रमण गरेका हुन्। अहिले उक्त होम स्टे पनि सिज गरिएको छ।

घाइते हात्तीको सुरूमा मसिनागुडी नजिकैको मुदुमलाई टाइगर रिजर्भमा उपचार गरिएको थियो। एउटा कान नै  छुट्टिएको हात्तीको त्यहाँ उपचार नभएपछि थेप्पाकाडु क्याम्पमा लैजान खोजिएको थियो। तर उसको त्यही मृत्यु भयो।हात्तीमाथि मानिसले गरेको क्रुर आक्रमण भएको यो पहिलो घटना भने होइन।  यसअघि गत वर्ष  भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरेकी थिई।हात्ती कुनै रोग वा दुर्घटनामा परेर मरेकी होइन। मानव-जनावर द्वन्द्वमा मानिसले देखाएको क्रुरताको पराकाष्ठाले उसको ज्यान लिएको हो।स्थानीयले उक्त हात्तीलाई भित्र विस्फोटक पदार्थ हालेर भुइँकटहर खुवाएका थिए। केही भुइँकटहर हात्तीको मुखमै पड्किएका थिए, केही भित्र गए।वन अधिकारीहरूले उक्त हात्तीबारे जानकारी सामाजिक सञ्जालमा राखेपछि उसमाथि क्रुरता बाहिर आएको हो।अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बिस्फोटक पदार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूले बताएका थिए। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com