Home समाचार तस्बिरमा हेर्नुस्, प्रचण्ड-नेपाल समूहको जुलुसले अस्तव्यस्त काठमाडौंका सडक

तस्बिरमा हेर्नुस्, प्रचण्ड-नेपाल समूहको जुलुसले अस्तव्यस्त काठमाडौंका सडक

by ईलालटिन
0 comment

काठमाडौं  । काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्। माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।‘भित्री कोर एरियाका सबै सडक अस्तव्यस्त छन्,’ महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘मुख्य सडकमा जाम ठूलो छ, रिङरोडमा पनि असर परेको छ।’बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलुसका कारण जाम नियन्त्रण गर्न नसकिएको अधिकारीले बताए।नेकपा प्रचण्ड-नेपाल समूहले आज भृकुटीमण्डपमा विरोधसभा गर्दैछ। प्रधानमन्त्रीले गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड-नेपाल समूहले विरोधसभा गर्न लागेको हो। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com