चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएका छन्। गत बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो(गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको अनुमान निकुञ्जको छ।केटोको ब्रम्हखाग र खुर तथा भाले गैंडाको खाग, खुर सुरक्षित रहेको अधिकारीले बताए। यी दुईको मृत्युसँगै चितवन निकुञ्जमा यस आर्थिक वर्षमा २२ वटा गैंडा मरेका छन्।ती मध्ये ४ वटा सिकारीले मारेका थिए। यस वर्ष प्रकृतिक कारणले गैंडा मर्नेक्रम निकै बढेको छ। सेतोपाटी ।
चितवन निकुञ्जमा १८ महिने ‘केटो’ र भाले गैंडा मृत भेटिए
73