काठमाण्डौँ । अर्थमन्त्री विष्णु पाैडेलले संसद विघटनका विषयमा सर्वोच्च अदालतले दिने आदेश मान्य हुने बताएका छन् । बुधबार सरकारी स्वामित्वको कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनका विषयमा अदालतले गर्ने फैसला सबैलाई मान्य हुने बताएका हुन् । पाैडेलले राजनीतिले कोल्टे फेर्दा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको पनि बताए । अहिले राष्ट्रिय राजनीतिले कोल्टे फेरेको छ। संसद विघटनबारे संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ,’ उनले भने, `अदालतको निर्णय नै सबैलाई मान्य हुनेछ ।´ संविधानको व्यवस्था अनुसार नै मध्यावधि निर्वाचन घोषणा गरिएको दाबी गर्दै उनले सरकारको पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । पाैडेलले मध्यावधि निर्वाचनले अस्थिरता निम्तिन्छ भन्ने तर्क गलत भएको बताए । `मध्यावधि निर्वाचन सबै संविधानमा व्यवस्था भएअनुसार हो । संविधानको कार्यान्वयन गर्दा अस्थिरता निम्तिदैन,’ पाैडेलले भने । शिलापत्र ।
संसद विघटनका विषयमा अदालतले गर्ने फैसाला मान्य हुन्छ : अर्थमन्त्री पाैडेल
79