काठमाडौं । हुन त कोरोना महामारीले पूरा संसारलाई नै विभिन्न स्तरमा हानी पुर्याएको छ तर यस्ता थुप्रै मानिसहरु छन् जसको जीवन कोरोनाका कारण पूर्ण रुपमा उल्टिएको छ । बेलायतमा बस्ने एक युवतीमाथि पनि यस्तै भएको छ । आफ्नो सर्कलमा पार्टी गर्लको नामले परिचित २१ वर्षकी ओलिविया इबिटसन अत्यधिक रक्सी पिउँथिन् जसका कारण उनको स्थिती खराब हुन थालेको थियो । तर कोरोनका कारण उनले नयाँ जीवन पाएकी छिन् । ओलिवियाका अनुसार उनी १५ वर्षदेखि रक्सी पिइरहेकी थिइन् । १८–१९ वर्षमा आइपुग्दासम्म उनी दैनिक रक्सी पिउन थालेकी थिइन् । पार्टीमा जानु अघि नै उनी दुई बोतल वाइन पिएर जान्थिन् । उनको व्यवहारका कारण उनका साथीभाइ पनि उनीबाट टाढा भइसकेका थिए र उनी पार्टीमा बेस्सरी मातिएपछि डराउन थालेकी थिइन् । ह्याङ्ओभर भएपछि उनी फास्ट फुडतिर आकर्षित हुने गर्थिन् जसका कारण उनको जीवनशैलील अत्यधिक खराब भइसकेको थियो ।
ओलिवियाले पछिल्लो १० महिनादेखि रक्सी पिएकी छैन र उनको तौल पनि निकै कम भएको छ । ओलिविया अब अन्य मानिसहरुलाई पनि आफ्नो बानी सुधार्न प्रोत्साहित गरिरहेकी छिन् । उनले भनिन्, ‘यदि तपाईं आफूलाई परिवर्तन गर्न चाहनुहुन्छ भने मलाई लाग्छ यो तपाईंका लागि सबैभन्दा उत्कृष्ट मौका हो र मलाई लाग्छ कि तपाईंले कहिले पनि यसरी सोच्ने मौका पाउन सक्नुहुन्छ ।’ओलिवियाले भनिन्, ‘पहिला जब म अत्यधिक रक्सी पिउँथे तब डेटिङ मेरा लागि अप्सन नै थिएन र म कसैलाई कुनै गहिरो सम्बन्धका लागि तयार पनि थिइनँ । तर मैले लकडाउनका बेला एक व्यक्तिसँग कुरा गर्न सुरु गरेँ र जब लकडाउन समाप्त भयो तब हाम्रो भेटघाट भयो । म अब एक सम्बन्धमा छु र निकै खुसी छु । हामी चाँडै नै सँगै वर्कआउटमा जाने तयारी गरिरहेका छौं । मलाई थाहा छ यो लकडाउन धेरै मानिसहरुका लागि निकै खराब भयो तर मेरो जस्तो स्थिती थियो, त्यो हिसाबले भन्नुपर्दा लकडाउनले मेरा लागि उत्कृष्ट कुराहरु लिएर आयो ।’ रातोपाटी ।