Home समाचार इन्डोनेसियामा ६.२ म्याग्नेच्युडको भूकम्प, तीन जनाको मृत्यु

इन्डोनेसियामा ६.२ म्याग्नेच्युडको भूकम्प, तीन जनाको मृत्यु

by ईलालटिन
0 comment

जार्कता ।  इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ।

बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। शुक्रबार बिहान भूकम्प आए पनि सुनामीको चेतावनी भने दिइएको छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com