Home समाचार बाक्लो हुस्सुका कारण आज पनि हवाई उडान प्रभावित, यात्रुलाई सास्ती

बाक्लो हुस्सुका कारण आज पनि हवाई उडान प्रभावित, यात्रुलाई सास्ती

by ईलालटिन
0 comment

काठमाडौं । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यको उडान तीन दिनदेखि प्रभावित हुँदै आएको छ । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए।  उनका अनुसार सोमबार र मंगलबार तराई तथा पहाडी क्षेत्रका आधाजसो उडान रद्द भएका थिए।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्यलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ। उडान नभएपछि गन्तव्य हिँडेका यात्रु हिजो दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन्। आज पनि मौसम खराबीका कारण तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन। मंगलबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका थिए। बुद्ध एयरको मंगलबार २८ उडान रद्द भएको थियो। बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन। बुद्धले आज पनि १०० भन्दा बढी उडान राखे पनि अहिलेसम्म मौसमको खराबीले एउटा पनि उडान नभएको बुद्ध एयरका प्रवक्ता रूपेश जोशीले सेतोपाटीलाई बताए। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए। मंगलबार पनि यतिका अधिकांश उठान रद्द भएका थिए।

यस्तै सोमबार र मंगलबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ। विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौँको अतिकतम तापक्रम १८ दशमलव ६ र न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्रिसेल्सियस रहेको छ। हुस्सु र कुहिरोका कारण देशका अधिकांश स्थानको तापक्रम घटेको छ । राजधानी काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि राम्रोसँग घाम नलागेका कारण केही चिसो महसुस गरिएको छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com