Home विशेष सत्तारूढ पार्टीको महासचिवमा ‘निर्वाचित’ भए किम जोङ उन

सत्तारूढ पार्टीको महासचिवमा ‘निर्वाचित’ भए किम जोङ उन

by ईलालटिन
0 comment

उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन्। सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन्। वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन्।

यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन्।

‘अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’ केसिएनएले भनेको छ।

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो।

यसपालिको अधिवेशनले पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोको पनि निर्वाचन गरेको छ।

उनकी बहिनी किम यो जोङ भने पार्टीको पोलिटब्युरोको सूचीमा छैनन्। यसअघि नै पार्टीको उच्च ओहोदामा रहेकी जोङले दाजुलाई सघाउँदै आएकी थिइन्। उनी पोलिटब्युरोमा नपरेपछि उनको भविष्यबारे प्रश्न उठेको छ।

यसअघि अधिवेशनको सुरूमा बोल्दै किम जोङ उनले यसअघिको पञ्चवर्षीय योजना सबै क्षेत्रमा असफल भएको स्वीकारेका थिए।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com