काठमाडौं । कोटेश्वरबाट–सातदोबाटो–कलंकी सडक खण्डका ट्राफिक प्रहरी आफैंले सडक बत्ती राख्न शुरु गरेको छ । बिहिबार ट्राफिक प्रहरी प्रभाग कलंकीले सो क्षेत्रका विभिन्न ठाउँमा सड्क बत्ती जडान गरेको हो । कलंकी स्थित सिीता पेट्रोल पम्प, एमडी मोटर्स, खसीबजार, भाटभटेनी र भालेश्वर अटो वर्कशप लगायतका स्थानमा सडक बत्ती जडान गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीले बताए । कोटेश्वर–कलंकी सडक खण्डमा हुने दुर्घटना न्यूाीकरण गर्न ट्राफिक महाशाखाले सडक बत्ती राख्न पहल थालेको हो । रातको समयमा हुने ‘हिट एण्ड रन’का घटना न्यूनीकरण गर्न संघ–संस्था र व्यापारीलाई आग्रह गरेर बत्ती जडान शुरु गरिएको महाशाखाका प्रवक्ता (एसपी) श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । कोटेश्वर–बल्खु–कलंकी खण्डमा बत्ती नहुँदा राती सवारी दुर्घटनाका बढिरहेको छ । सो खण्डको बिएण्डबी अस्पताल, स्टार अस्पताल, सानेपा र बल्खु स्थित सुमो पार्कमा पनि सडक बत्ती जडान गरिएको छ । सो सडक खण्डका १४ ठाउँमा गति नियन्त्रण गर्न टल्किने कोणहरु पनि रखिएको एसपी अधिकारीले बताएका छन् । रातोपाटी ।
कोटेश्वर–कलंकी सडकमा ट्राफिक प्रहरी आफैंले हाल्न थाल्यो सडक बत्ती
80
previous post