Home समाचार कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

by ईलालटिन
0 comment

काठमाण्डौँ । कोरोनाको कहर अहिलेसम्म रोकिएको छैन उता भारतमा भने अर्को एउटा संकट निम्तिएको छ । भारतका थुप्रै राज्यमा बर्ड फ्लू फैलिएको खबर सार्वजनिक भएको छ । मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पंक्षीको अचानक मृत्यु भइरहेको छ ।  त्यसपछि देशमा बर्ड फ्लू फैलिरहेको भनेर शंका गर्न थालिएको थियो । सोमबार केरल, हिमाचल प्रदेश र राजस्थानले आफ्नो क्षेत्रमा ठूलो परिमाणमा पंक्षीहरुको मृत्युको कारण बर्ड फ्लू भएको पुष्टि गरेका छन् । मध्य प्रदेशको कौवोंमा यसको पुष्टि भइसकेको छ । यसबाहेक गुजरात र महाराष्ट्रबाट पनि बर्डफ्लूको खबर आइरहेको छ ।हिमाचल प्रदेशको एनिमल हस्बेन्डरी डिपार्टमेन्टमा सिनियर भेटनरी पेथोलोजिस्ट तथा बर्ड फ्लूका नेशनल कन्सल्टेन्ट डाक्टर विक्रम सिंहका अनुसार हिमाचल प्रदेशको कांगडा जिल्लामा पोंग ड्यामको इलाका यसको एपिसेन्टर हो र सोमबारसम्म करिब २४ सय प्रवासी पंक्षीको मृत्यु भएको छ ।

उनी भन्छन्, ‘यो ड्यामको १० किलोमिटर दायरामा अलर्ट जारी गरिएको छ । तर अहिलेसम्म पोल्ट्रीमा यसको लक्षण देखिएको छैन किनभने यो इलाकामा कुनै पोल्ट्री फार्म छैन ।’यो इलाकामा माछाको खरिद बिक्रिमा रोक लगाइएको छ । पोंग ड्याममा समातिएका माछामा यो फ्लू पंक्षीमार्फत् पुग्न सक्ने आशंका गरिएको छ । यसबाहेक हिमाचल प्रदेश सरकारले थुप्रै इलाकामा कुखुराको खरिद विक्रि र मासुका लागि यिनीहरुलाई काट्न रोक लगाएको छ । यसबाहेक पोल्ट्री उत्पादन र माछाको निर्यातमा पनि रोक लगाइदिएको छ । मध्य प्रदेशको इन्दौरमा गत हप्ता थुप्रै कागको मृत्यु भइरहेको थियो र उनीहरुमा बर्ड फ्लूको पुष्टि भएको थियो । त्यसपछि प्रशासनले बर्ड फ्लूको अलर्ट जारी गरेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com