Home समाचार साढे ४ सय केजी प्रतिबन्धित मंगुर माछा जफत गरी गाडियो बगरमा

साढे ४ सय केजी प्रतिबन्धित मंगुर माछा जफत गरी गाडियो बगरमा

by ईलालटिन
0 comment

दाङ ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरले अवैध रूपमा भित्र्याइएको मंगुर माछा जफत गरी खोलाको बगरमा गाडेको छ।ईप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार बेलुकी ७ बजेपछि तुलसीपुर बजारबाट ती माछा नियन्त्रणमा लिएर पातुखोलामा लगी गाडेर नष्ट गरेको हो।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित मोहन नेपालीले सञ्चालन गरेको युबम माछा पसलबाट २ सय केजी, फिरोज मियाले घर भित्र निर्माण गरेको पोखरीबाट २ सय केजी र सोही ठाउँकै डब्लु मियाले घरभित्र टिनको बाकसमा राखेको थप ५० केजी माछा जफत गरी बेलुका नै पातुखोलाको बगरमा लगेर गाडिएको डिएसपी सिंहले जानकारी दिए।‘मंगुर माछा नेपालमा प्रतिबन्ध गरिएको छ,’ डिएसपी सिंहले भने, ‘ती माछा भारतबाट लुकाइछिपाइ यहाँ ल्याएर विक्री गर्दै आइएको छ।’सर्वसाधारणको  गुनासो र सूचनाका आधारमा प्रहरीले तुलसीपुर बजारका केही माछा पसलहरू तलासी गर्दा प्रतिबन्धित मंगुर माछा पाइएको हुँदा ती जफत गरी पातुखोला बगरमा लगेर गाडेर नष्ट गरिएको डिएसपी सिंहले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com