Home समाचार संगीत प्रवीणको शतवार्षिकीमा साताव्यापी शास्त्रीय संगीत सम्मेलन

संगीत प्रवीणको शतवार्षिकीमा साताव्यापी शास्त्रीय संगीत सम्मेलन

by ईलालटिन
0 comment

काठमाडौं । नेपालमा शास्त्रीय संगीतको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा राजधानीमा साताव्यापी शास्त्रीय संगीत सम्मेलन आयोजना गरिएको छ ।बिहीबारदेखि सुरु भएको सम्मेलन १५ गतेसम्म चल्ने आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले युवा संगीतकर्मीहरूलाई संगीतको गहिरो ज्ञानतर्फ उत्प्रेरित गर्ने तथा संगीत अनुरागीहरूको रुचि परिस्करणमा सघाउ पु¥याउनेसमेत उद्देश्य राखी प्रतिष्ठानले शास्त्रीय संगीतको प्रवर्द्धनमा जोड दिएको बताए ।

उक्त कार्यक्रम कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी मिथिला नेपाल टेलिभिजनका साथै युट्यूब र फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बूले जानकारी दिए ।कार्यक्रममा शास्त्रीय गायनतर्फ संगीतप्रवीण नरराज ढकालका सुपुत्रद्वय प्रभुराज ढकाल–प्रतीक ढकाल, चन्दन श्रेष्ठ, चण्डीप्रसाद काफ्ले–शिवराज पौडेल, विष्णु आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लाबोनी चक्रबर्तीको प्रस्तुति रहने जनाइएको छ यस्तै, सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग), मोहनसुन्दर श्रेष्ठ (सरोद), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ–नगेन्द्र राई (बाँसुरी) धनबहादुर गुरुङ (शहनाइ)मा तथा ताल (तबला) वादनतर्फ डंकन दास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता विशिष्ट कलाकारको प्रस्तुति रहने आयोजकले जनएको छ ।  रातोपाटी । 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com