Home विशेष मध्यपहाडी लोकमार्गको पर्वत खण्ड नियमित रुपमा सुचारु (भिडियो)

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड नियमित रुपमा सुचारु (भिडियो)

by ईलालटिन
0 comment

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबार देखि नियमित रुपमा सुचारु भएको छ ।

सडक चौडा बनाउन हरेक दिन बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म यातयात बन्द गरेर सडक निर्माणको गरिँदै आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका ८ चुवाको भीरमा कटान गर्नका लागि तीन हप्ताका लागि सडक बन्द गरिएको थियो । निर्माण कार्य पनि अघि बढाउँदै अबरुद्ध सडक पनि सुचारु गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।

सडक चक्लाबन्दी गर्ने काम भने अहिले सम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समय सम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सुचारु गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पुरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा नगरपालिका–७ खरेहादेखि वडा–८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रेको काम चलिरहेको छ। कालोपत्रेको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भीर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यस अघि बन्द गरिएको थियो ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com