Home विशेष कोरोनाका कारण पर्वतमा देउसी_भैलो खेल्न नपाईने

कोरोनाका कारण पर्वतमा देउसी_भैलो खेल्न नपाईने

by ईलालटिन
0 comment

पर्वत । कोरोनाको जोखिम बढेसँगै तिहारमा देउसी भैलोका कार्यक्रम नगर्न पर्वत प्रशासनले आग्रह गरेको छ ।

कोरोना भाईरसको महामारीका बेला भिडभाड हुने र एक अर्का घरमा जाने जस्ता कार्यक्रम गर्दा संक्रमण झनै फैलन सक्ने भन्दै देउसी भैलोका कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्देशन दिएको छ ।

त्यसैगरी चाडपर्व आफ्नो परिवारका सदस्यहरुबीच मात्र मनाउन, भोजभतेर नगर्न समेत आग्रह गरेको छ । त्यसैगरी जिल्ला भित्र कुनै मेला महोत्सव जस्ता कार्यक्रम नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।

तिहारका बेला बढ्दो जुवा तासको बिकृतिलाई न्यूनिकरण गर्नका लागि जुवा तास जस्ता भौतीक रुपमा उपस्थित भई खेलिने खेलहरु समेत नखेल्न भनेको छ ।

प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीद्धारा जारी सूचनामा तिहारका बेला आतसवासी, भईचम्पा, पटका, झिरझिरेजस्ता विस्फोटक पदार्थ नपड्काउन र त्यस्ता बस्तु जिल्ला प्रवेश नगराउन समेत सूचित गरिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com