काठमाण्डौँ । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ।वडाध्यक्ष पदमपाणि सुवेदी सहितलाई नक्कली बुवा बनाएको भन्दै कार्यालयले कारबाही गर्न लागेको हो।निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले नागरिकता लिन खोजेकी थिइन्। उनले इन्द्रबहादुर मल्ललाई बुवा र मिरा शाहलाई आमा बनाएर नागरिकता लिन खोजेकी थिइन्।
वडा कार्यालयको सिफारिससहित कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरूबाट नक्कली कागजात भेटिएको हो। कागजपत्र पेस भएसँगै कार्यालयले अनुसन्धान सुरू गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ। अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ। सेतोपाटी ।