पर्वत । कुश्मा नगरपालिका ८ ओडारेमा ब्यवसायिक कालिज पालनको सुरुवात गरिएको छ । एक वर्षदेखी एमसी वाइल्ड लाईफ एग्रो एण्ड रिसर्च सेण्टरले कालिज सँगै तितरा, कालो कुखुरा, टर्की र लोकल कुखुराहरुको व्यवसायिक सुरुवात गरेको हो । कालिज देखी अन्य सबै पंक्षीहरुका चल्ला यहीँ रिसर्च सेण्टरमै उत्पादन गरिदै आएको सञ्चालिका चन्द्रा पौडेल क्षेत्रीले बताइन् । सुरुमा रहरले पोखराबाट एकसय वटा कालिजका चल्ला ल्याएर घरमै पाल्न सुरु गरेका क्षेत्रीले अहिले भने आफैले ह्याचरी मेसिन ल्याएर व्यवसायिक उत्पादनको समेत सुरुवात गरिसकेका छन् । आफ्नो र केही लिजमा लिएर करिव दुईसय रोपनी जग्गामा रिसर्च सेण्टरको स्थापना गरिएको क्षेत्रीका श्रीमान मनोज पौडेलले सुनाए ।
पर्वतमा पहिलो पटक कालिज, तितरा, कडकनाथ र लोकल कुखुरा पालन,सँगै चल्ला समेत उत्पादन (भिडियो)
185
previous post